इजरेल–हमास युद्धमा ६३ पत्रकारको मृत्यु
अक्टोबर ७ देखि शुरु भएको इजरेल–हमास युद्धका क्रममा ६३ सञ्चारकर्मी मारिएका छन् । पत्रकार संरक्षण समितिको डिसेम्बर ४ (मंसिर १८ गते) सम्मको तथ्यांक अनुसार यो संख्या देखिएको हो ।
अल कुड्स टीभीका हसन फराजल्लाह र दक्षिणी गाजाको रफाहमा इजरेली हवाई हमलामा आफ्ना परिवारका सदस्यहरूसँगै मारिएका अल मजेदत नेटवर्कका पत्रकार शिमा अल गज्जरको आइतबार भएको मृत्युसमेत समावेश छ।
यसरी मारिने कुल मृत्यु हुनेमा पत्रकारमा ५६ प्यालेस्टेनी, चार इजरेली र तीन लेबनानीसमेत छन् । सीपीजेको मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक शेरिफ मन्सुरले भने, ‘सीपीजेले पत्रकारहरू संकटको समयमा महत्त्वपूर्ण काम गर्ने नागरिकहरू हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन भन्ने कुरामा जोड दिन्छ ।’“यस हृदयविदारक द्वन्द्वलाई कभर गर्नका लागि क्षेत्र भरका पत्रकारहरूले ठूलो त्याग गरिरहेका छन्।
Comments