आइतबार ७ अंकले घट्यो नेप्से!

आइतबार पनि नेप्सेको ओरालो यात्रा जारी छ। आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २९३ कम्पनीको कुल ३४ लाख १९ हजार ०७३ कित्ता सेयर ९६ करोड ४० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ, १३६ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.६३% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा माउन्टेन इनर्जी लिमिटेड र यूनाइटेड आइडीआइ मार्दी आारबी हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य ९.९९% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोडको ९५ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top