फिलिपिन्सको मिन्डानाओ टापुमा ७.५ रेक्टर स्केलको भूकम्प

फिलिपिन्समा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले जनाएको छ। हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र अरु केही देशहरुमा पनि महसुस गरिएको छ ।

भूकम्पपछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको रोयर्टसले जनाएको छ । भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल जानकारी प्राप्त भएको छैन । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली देश हो ।

Comments

Back to top