सन् २०२२ मा इयुको रक्षा खर्च इतिहासकै उच्च

युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ मा रक्षा खर्चका लागि सामूहिक रूपमा २४० बिलियन युरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्याङ्कले देखाएको छ ।

बिहीबार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (इडीए) प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो । यो रक्षा खर्चका लागि छुट्याइएको इतिहासकै बढी रकम हो । इडिए डिफेन्स डाटा सन् २०२२ प्रतिवेदनअनुसार यो सङ्ख्या एक वर्ष अघिको तुलनामा ६ प्रतिशतले बढी हो ।

२७ इयु सदस्य राष्ट्रहरूमध्ये २० ले आफ्नो रक्षा खर्च बढाएका थिए । २००४ मा स्थापित इडिए युरोपेली रक्षा सहयोगको लागि केन्द्रीय हबको रूपमा कार्य गर्दछ ।

Comments

Back to top