सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा रमेश राज अर्याल नियुक्त

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त गरेको छ ।

तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हाल: स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) वाट बैंकिङ्ग करियर प्रारम्भ गरेका नवनियुक्त स्वतन्त्र संचालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न रहेका छन् ।

निजसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत रहेको छ ।

त्रिभुवन विश्व विद्यालयवाट एम।बि।ए। हासिल गरेका निजले स्वदेश तथा विदेशमा गरी दर्जनौ बैंकिङ्ग सम्बन्धी विशेष प्रशिक्षण लिएका साथै लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ ।

यस अघि बैंकको स्वतन्त्र संचालकमा नेपाल सरकारका पूर्व सचिवद्वय बालकृष्ण प्रसाई तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित बाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ्ग तथा अनिल ज्ञवालीले समेत योगदान गरेका थिए ।

रमेश राज अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ्ग जग थप मजवुत बनाउन सहयोग पुग्ने बिश्वास बैंकले लिएको छ ।

Comments

Back to top