'मोटुल' लुब्रिकेन्ट्सलाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री गर्ने

विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड 'मोटुल' लाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री/वितरण गर्ने भएको छ। लामो समयदेखि नेपाली बजारमा उपलब्ध रहँदै आएको 'मोटुल' लाई अबदेखि आधिकारिक रूपमा बिक्री/वितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेताको रूपमा नियुक्त गरेको हो ।

आधिकारिक बिक्रेता नियुक्त भएसँगै आईएमई ग्रुपले मोटुल को बजारलाई देशभर विस्तार गर्ने जनाएको छ। आईएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त पुरानिकका अनुसार गुणस्तरीय र उच्च प्रविधियुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरूप 'मोटुल' सँग सहकार्य गरिएको हो।

एक सय ७० वर्ष पुरानो फ्रेन्च ब्रान्ड 'माेटुल' विशेषतः 'हाई पर्फमेन्स' इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ । दुई पाङ्ग्रेदेखि 'हेभी ड्युटी' व्यावसायिक गाडीसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न 'रेन्ज' का प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सबै 'रेन्ज' नेपाली बजारमा उपलब्ध हुने आईएमई ग्रुपको भनाइ छ ।

Comments

Back to top