अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा, अस्थायी युद्धविराम विस्तारका लागि पहल गर्ने
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा उनी तेल अभिभमा पुगेका हुन् ।
ब्लिन्केनले गाजा पट्टीका लागि अस्थायी युद्धविराम विस्तार र मानवीय सहायता बढाउनेबारे पहल गर्नुहुने बीबीसीले जनाएको छ । दुई पक्षबीच विस्तारित युद्धविराम गएराति सकिएको छ । ६ दिनको अस्थायी युद्धविराम सकिएलगत्तै यसको विस्तारका लागि पहल सुरु भएको छ । मुख्यगरी कतारले अस्थायी युद्धविराम र मानवीय सहायता बढाउन मध्यस्थकर्ताको भूमिका खेलेको छ ।
इजरायल र हमासबीच गाजा युद्धमा विस्तारित युद्धविरामको दोस्रो र अन्तिम दिन हिजो गाजामा बन्धक बनाइएका १६ जनालाई मुक्त गरिएको रेडक्रस र अन्य अधिकारीलाई उद्धृत गरी समाचार संस्था रोयर्टसले जनाएको छ ।
Comments