बढी व्यायामले हुन्छ बेफाइदा ?

नियमित व्यायाम गर्नुका धेरै फाइदाहरु छन् तर यसका केही बेफाइदा पनि छन् । यसैले शारीरिक सक्रियतालाई नजरअन्दाज गर्नुभन्दा पनि व्यायाम गर्नुअघि अलि विचार गर्नुपर्छ । व्यायामसँग जोडिएका केही यस्त तथ्य पनि छन् जसले अत्यधिक कसरत गर्नाले शरीरमा नकरात्मक असर पनि पर्छ थाहा हुन्छ।

महिलाहरुलाई गाह्रो हुन्छ 

एक सामान्य महिलालाई लगातार ३ महिनाभन्दा धेरै समयसम्म सहि तरिकाले महिनावारी हुँदैन यस स्थितीलाई रजोरोध भनिन्छ । कैयौं महिलाहरुमा यो स्थिती पैदा हुन्छ किनभने उनीहरु शरीरलाई नियमित रुपले उर्जा प्रदान गर्नको लागि आवश्यक क्यालोरी प्रदान गर्ने चीजको सेवन नगरिकन धेरै समय व्यायाम गर्छन् ।

प्रजननमा असर : शरीरमा क्यालोरीको कमीको सिधा असर उर्वरतामा मात्रै होइन  महिलाहरुको यौन इच्छामा पनि यसको प्रभाव पर्छ । यस बाहेक मोटोपनाले पनि यसमा महत्वपूर्ण भूमिका निभाउँछ । तौल घटाउनको लागि कैयौपटक धेरै कठिन कसरत पनि गर्छन् जसले उनीहरुको उर्वरतामा नकरात्मक असर पर्छ।

मोटोपनाको कारण शरीरमा एस्ट्रोजन हार्मोनको उत्पादन पनि बढ्छ जसले डिम्ब उत्पादन र महिनावारीलाई प्रभावित गर्छ र त्यससँगै बाँझोपनाको खतरा बढ्छ । यस्तै कम उमेरका केही महिलाहरु धेरै कठिन व्यायाम गर्छन् जसले एस्ट्रोजनको स्तर बढ्छ र उनीहरुको महिनावारी चक्रमा बाधा पुर्याउँछ । यदि एस्ट्रोजनको स्तर धेरै परिवर्तन भयो भने गर्भधारण गर्नमा विभिन्न समस्याको सामना गर्नुपर्छ।

महिलाहरुले प्रयोग गर्ने धेरैजसो गर्भनिरोधक औषधिहरुमा एस्ट्रोजनको स्तर धेरै हुन्छ ।  त्यसको सेवन गरेपछि महिलाहरुले गर्भवती हुनबाट रोक्न सक्छन् । धेरै व्यायामको कारणले पनि एस्ट्रोजनको स्तर बढ्छ । यसैले यदि कोही महिला गर्भधारण गर्न चाहन्छिन् भने उनीहरुले हेभी एक्सरसाइजबाट बँच्नुपर्छ । र, सामान्य दिनचर्याको पालना गर्नुपर्छ । पुरुषहरुको शुक्राणु संख्या घट्छ स् पुरुषहरुमा हेभी व्यायामको कारण शरीरमा शुक्राणुको संख्यामा कमी आउन सक्छ।

जुन सिधारुपमा उसको उर्वरतासँग जोडिएको हुन्छ । हामीमध्ये कैयौं यस्ता मानिसहरु छौं जो आफ्नो शरीरलाई मेन्टेन गर्नको लागि लामो समयसम्म कठिन व्यायाम अपनाउँछौं । 

लामो समयसम्म थकाउने कठिन व्यायाम गर्नाले  शुक्राणुको संख्यामा कमी आउने मात्रै नभई प्रजनन् क्षमतामा पनि कमी आउन सक्छ । त्यस्तै कडा प्रतिरक्षा व्यायाम सेसनले फाइदा पुर्याउनको सट्टा नोक्सान पनि पुर्याउन सक्छ । यसले शरीरमा टेस्टोस्टेरोनको उत्पादन बढ्छ । जसले पुरुषमा उर्वर क्षमता बढाउन काम गर्ने अन्य हार्मोनमा प्रतिकुल असर पुर्याउँछन् र  महिलासाथीलाई गर्भधारण गर्नमा कठिनाइको सामना गर्नुपर्छ ।

के गर्ने ?

नियमित व्यायाम गर्नाको साथसाथै पर्याप्त पोषण पनि आवश्यक छ किनभने शरीरलाई नियमित रुपले क्यालोरी र पोषक तत्वको आवश्यकता पर्छ।

खासगरी जब  एक्सरसाइजको क्रममा धेरै उर्जा गगुमाइन्छ त्यतिखेर पुरुषले समयसमयमा आफ्नो स्पर्म काउन्टलाई चेक गरिरहनुपर्छ । त्यस्तै महिलाहरुले आफ्नो गर्भधारणको क्षमतालाई जाँच गराई रहनुपर्छ । यसले समस्याको समाधान गर्न र सामान्य जीवन जिउन मद्धत मिल्छ।

Comments

Back to top