इजरायल र हमासबीच युद्धविराम दुई दिन लम्ब्याउने सहमति, थप बन्धक छाडिँदै
इजरायल र हमासबीच थप दुई दिन युद्धविराम लम्ब्याउने सहमति भएको छ ।
पहिलो पटक गरिएको ४ दिने युद्धविरामको समय सकिनै लाग्दा नयाँ सहमति बनेको हो ।
मध्यस्थता गरिरहेको कतारले सोमबार बेलुका इजरायल र हमासबीच दुई दिन युद्धविराम लम्ब्याउने सहमति भएको घोषणा गरेको छ ।
युद्धविरामको चौथो दिन रिहा हुने बन्धकको नाममा पनि सहमति बनेको छ । इजराइलका प्रधानमन्त्रीको एक्स हैंडलबाट यसबारे जानकारी दिइएको छ ।
पोस्टका अनुसार सहमतिपछि छुट्न लागेका बन्धकको परिवारलाई यसबारे जानकारी गराईसकिएको छ । अर्को एक पोस्टमा मिडियालाई साबधानी र जिम्मेवारीपूर्वक काम गर्न पनि अपिल गरिएको छ ।
सोमबार राति हमासद्वारा ११ बन्धक रिहा हुने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ । त्यसको बदलामा इजरायलले ३३ बन्दी छाड्नेछ ।
Comments