केहि दिनभित्रै सुकुम्बासी समस्या हल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि दिनभित्रै सुकुम्बासी समस्या हल गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको बेवसाइट सार्वजनिक गर्दै उनले केहि दिनभित्रै सुकुम्बासी समस्या हल गर्नेगरी सरकारले पुराना ऐनहरू संशोधन गर्ने निर्णय गरिएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी स्वबासी, अव्यवस्थित बसोबासी र उनीहरूको समस्या हल गर्न ऐन नै संशोधन गर्ने बताए ।

उनले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको बताए । 

 

Comments

Back to top