भारतको राजधानी दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढ्यो
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढेको छ । दिल्लीका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ ।
वायु प्रदूषण र चिसो दुवैको मारमा त्यहाँका नागरिक परेका छन् । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा हावाको गुणस्तर निकै कमजोर छ ।
बिहान त्यहाँको वायु प्रदूषण मापन सूचक एक्यूआई ४५० भन्दा माथि पुगेको बोर्डलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक्यूआई तीन सयदेखि ४ सयको बीचमा पुग्नु वायुको गुणस्तर निकै खराब स्थितिमा रहेको भन्ने बुझिने बोर्डले जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा मानव स्वास्थ्यका लागि खतरनाक हुने उल्लेख गरेको छ । दिल्लीका नागरिक पछिल्लो एक महिनादेखि वायु प्रदूषणको कहरमा छन् ।
Comments