बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा
काठमाडौं महानगरपालिकाले बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा ल्याएको छ । काठमाडौंको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यका साथ महानगरले उक्त ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो ।
यहाँ आजबाट बाटो काट्न पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् । जिल्ला अदालत अगाडिको सडकमा सो प्रविधि जडान भएको छ ।
१० लाख रुपैयाँ लगानीमा काठमाडौं महानगरले सो लाइट जडान गरेको हो ।
पैदलयात्रीले लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।
एक पटक बत्ती बलिसकेपछि २ मिनेटसम्म बत्ती बल्ने छैन ।
Comments