इजरायलको आक्रमणमा हमासका उच्च नेताको मृत्यु

इजरायलको आक्रमणमा आफ्ना उत्तरी ब्रिगेडका कमाण्डर सहित तीन वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । हमासले विज्ञप्ती मार्फत उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल घाण्डोरसहित अन्य बरिष्ठ तीनजनाको मृत्यु भएको पुष्टि गरेको हो ।

घाण्डोर हमासका शीर्ष कमाण्डर थिए जसले उत्तरी गाजा ब्रिगेडको नेतृत्व गरेका थिए ।

उनको मृत्युले हमासका लागि निकै क्षति भएको बताइएको छ । गत हप्ता इजरायली सेनाका एक वरिष्ठ अधिकारीले हमासका ‘५० भन्दा बढी’ कमाण्डरलाई मारेको र यसले सैन्य शाखाको क्षमतामा ‘महत्वपूर्ण’ क्षति पु¥ याएको दाबी गरेका थिए।

Comments

Back to top