गाजा युद्धविरामपछि लेबनानको दक्षिणी सीमामा फर्कियो अस्थायी शान्ति
हमास र इजरायलबीचको मानवीय युद्धविराम लागू भएपछि लेबनानको दक्षिणी सीमाक्षेत्रमा अनिश्चितकालीन शान्ति फर्किएको छ । इजरायली आक्रमण र बमबारीका कारण सीमावर्ती गाउँ एल–जिब्बिनमा धेरै लेबनानीहरूले आफ्नो गृहनगर छोडेका थिए । उनीहरु आफ्नो सम्पती के-के बाँकी छ भनेर जाँच्न मात्रै फर्किएको बताइएको छ ।
उनीहरुले चार दिनको युद्धविराम भएकाले सुर्तीबाली जाँच गर्न फर्किएको बताए । आफूहरु किसान भएकाले युद्धविरामको समयमा बाली हेर्नका लागि फर्किएको उनीहरुको भनाइ छ । परिस्थिति राम्रो नभएसम्म आफूहरु नफर्किने उनीहरुको भनाइ छ ।
Comments