इजरायलले रिहा गर्‍यो ३९ प्यालेस्टाइनी बन्दी

इजरायली जेलबाट ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको छ।

कतारको मध्यस्थतामा भएको सम्झौतामा चार दिनको लडाइँ रोकिएसँगै बन्दी रिहाइ गरिएको हो ।

उनीहरु माथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका विभिन्न अपराधमा संलग्न रहेको आरोप लगाइएको थियो । कतिपयलाई सजाय सुनाइयो भने कतिपय मुद्दाको पर्खाइमा थिए ।

२४ महिला र १५ किशोर किशोरीहरूको समूहलाई कब्जा गरिएको वेस्ट बैंकको बेतुनिया चेकपोइन्ट पार गरिएको छ । त्यसपछि इजरायलको जेल सेवाका अनुसार उनीहरूलाई घर फर्कन अनुमति दिइने छ।

बन्दीहरूलाई इजरायलले संकलन गरेको ३ सय महिला र नाबालिगहरूको सूचीबाट छनोट गरिएको थियो।

सूचीमा रहेका एक चौथाई भन्दा कम दोषी ठहरिएका छन्, धेरै जसोलाई ट्रायलको पर्खाइमा रिमान्डमा राखिएको छ। सूचीबद्ध तीमध्ये अधिकांश किशोर केटाहरू छन, जो ४० प्रतिशत त १८ वर्ष मुनिका छन्। त्यहाँ एक किशोरी र ३२ महिलाहरू पनि छन्।

Comments

Back to top