मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा पहिलो दिनसम्म कति पर्यो आवेदन ?

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा १.६१ गुणा बढी आवेदन परेको छ । पहिलो दिन शुक्रबार मंसिर ८ गते साँझसम्ममा १८ करोड ४४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख ४४ हजार ८ सय ७० कित्ताका लागि आवेदन परेको हो । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १.६१ गुणा बढी हो ।

पहिलो दिनमा १ लाख ६४ हजार ८ सय ४२ जना सर्वसाधारणले आवेदन दिएका छन् ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये, कम्पनीले पहिलो चरणमा सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यसमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

Comments

Back to top