जर्मन रक्षामन्त्रीको अघोषित युक्रेन भ्रमण

जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस रुसी सेनाविरुद्धको लडाइँमा युक्रेनका लागि बर्लिनको समर्थन पुष्टि गर्न मंगलबार अघोषित भ्रमणका क्रममा किएभ पुगेका छन् ।

रेलबाट किएभ पुगेका पिस्टोरियसले आफ्ना युक्रेनी समकक्षीका साथै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गर्नेछन्। अमेरिकापछि किएभलाई सबैभन्दा दोस्रो ठूलो सैन्य आपूर्तिकर्ता बर्लिनले मध्यपूर्व युद्धमा ध्यान केन्द्रित भएपछि युक्रेनका लागि समर्थन कम हुने चिन्तासँगै आश्वासन दिने कोसिस गरिरहेको छ ।

युक्रेनमाथि रुसी हवाई हमलामा वृद्धि भएपछि र किएभ आउने चिसोको महिनामा मुलुकको ऊर्जा संयन्त्रहरूमाथि हमलामा अपेक्षित वृद्धिका लागि तयार भइरहेका बेला यो भ्रमण भएको हो । यसै वर्षको सुरुमा रक्षामन्त्री बनेपछि पिस्टोरियसको यो दोस्रो किएभ भ्रमण हो । साथै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको अघोषित भ्रमण गरेको एक दिनपछि उनको यो भ्रमण भएको हो ।

Comments

Back to top