सर्वोच्चको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस
न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेहरुमा उच्च अदालतका न्यायाधीश सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुलअजिज मुसलमान रहेका छन् ।
पोखरेल कांग्रेस कोटाबाट न्यायाधीश सिफारिस भएका हुन् । ढकाल वामपन्थी पृष्ठभूमिका वकिल हुन् ।
Comments