गाजा 'नरसंहार' लाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने टर्किएको तयारी

गाजामा जारी युद्धलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने टर्किएले तयारी थालेको छ । 

टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले गाजामा भएको “नरसंहार“ लाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताएका छन् ।

उनले गाजा पट्टीमा प्यालेस्टाइनीहरूको मृत्युको सङ्ख्या धेरै भएको बताए । 

उनले गाजामा भएको नरसंहारलाई करिब २ हजार वकिलहरूसँग अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताए । 

जारी द्वन्द्वमा १२ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने ३० हजार भन्दा बढी घाइते छन् ।

Comments

Back to top