काठमाडौं प्रशासनले ७ गते माइतीघरमा कुनै पनि प्रदर्शन गर्न नदिने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ गते अर्थात् बिहीबार युवा संघ र दुर्गा प्रसाईँलाई माइतीघरमा प्रदर्शन गर्न नदिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार सोमबार दुवै पक्ष प्रदर्शनका लागि अनुमति लिन प्रकाशन कार्यालय पुगेका थिए । उनीहरुलाई प्रशासनले माइतीघरको विकल्प खोज्न सुझाव दिएको आचार्यको भनाइ छ ।

उनले आवश्यक परे माइतीघर क्षेत्रमा निषेधाज्ञा जारी गर्नसक्नेसमेत बताए ।

पछिल्लो समय खुलमखुल्ला एकअर्कालाई चुनौती दिँदै आएका प्रसाईं र युवा संघका अध्यक्ष महेश बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै मण्डलमा कार्यक्रम गर्न उनीहरूलाई रोक लगाउने भएको हो।

Comments

Back to top