सिप्रदीद्वारा भुकम्प पिडितलाई ५५ लाखको राहत वितरण

सिप्रदीद्वारा जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरिएको छ ।

सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को संयुक्त प्रयासमा कात्तिक २६ गतेका दिन जिल्ला प्रसासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको हो ।

तिहारमा लक्ष्मी पुजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु (त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायतका अन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाको अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाट झन्डै १,२०० घर परिवारका ४,८०० जना भूकम्प पिडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।

Comments

Back to top