शरीरका यी अंग छोइरहनु एकदमै हानिकारक
थाहा नहुन सक्छ कि यी अंग छुनाले ब्याक्टेरिया यसको माध्यमले शरीरमा गएर तपाईंलाई बिरामी बनाउन सक्छ ।
विभिन्न सोध तथा अनुसन्धानमा देखिएअनुसार हातले शरीरमा ब्याक्टेरियाको प्रसारणमा प्रमुख भूमिका निभाउँछ । शरीरका केही अंगमा छुने बानीले तपाईं आफै रोगहरुलाई निम्ता दिइरहनु भएको पनि हुन सक्छ ।
मुख
मुखको माध्यमबाट रोगहरु छिट्टै शरीरसम्म पुग्न सक्छ। त्यसैले औंलाहरुलाई बारम्बार मुख र ओठमा नराख्नुहोस् । यसो गर्दा हातमा भएका खराबी सबै मुखको माध्यमबाट सिधै शरीरभित्र प्रवेश गर्छन् ।
काखी
काखीमा लगभग ८० हजार ब्याक्टेरिया हुन्छन् । यसै कारणले पसिना आएपछि काखीबाट गन्ध आउन थाल्छ । त्यसैले तपाईं आफ्नो काखी छुनबाट बच्नुपर्छ र हरेक दिन आफ्नो काखीलाई राम्रोसँग सफा गर्नुपर्छ। साथै नियमित रुपमा रौं हटाउनुपर्छ ।
कान
धेरै मानिसको चिलाउँदा वा नचिलाउँदा पनि कानमा औंला राखेर सफा गर्ने बानी हुन्छ । तर के तपाईंलाई थाहा छ कान पनि शरीरको फोहोर हिस्सा हो । यसमा हुने मैनको कारण धेरै ब्याक्टेरिया हुन्छन् ।
नाक
नाकमा औंला हाल्नु हुन्न किनभने स्वासको माध्यमबाट ब्याक्टेरिया शरीरको भित्रसम्म पुग्न सक्छ । त्यसैले नाकलाई दिनमा दुई तीन पटक सफा पानीले धुनुपर्छ। यदि तपाईंको नाकमा औंला राख्ने बानी छ भने आजैबाट छोडीहाल्नुस् ।
नाभी
नाभी देख्नमा सफा हुन्छ तर यसमा धेरै ब्याक्टेरिया लुकेर बसेको हुन्छ । त्यसैले यसलाई छुनबाट बच्नुहोस् र नुहाउने समयमा यसलाई राम्रोसँग सफा गर्नुहोस् ।
एनल
शरीरको पछिल्लो भाग, खासगरी एनल धेरै नै फोहोर हुन्छ । यसमा धेरै खालका ब्याक्टेरिया बसिरहेका हुन्छन् । त्यसैले यसलाई छुनबाट पनि बच्नु पर्छ । वा छोएपछि सफासँग साबुनपानीले हात धुनुपर्छ ।
Comments