गर्भधारण गर्न पनि हाकिमको अनुमति लिनुपर्ने

तपाईलाई अचम्म लाग्न सक्छ गर्भधारण गर्न पनि हाकिमको अनुमति चाहिन्छ । सन्तान जन्माउने इच्छा बाबुआमाको हुन्छ ।

तर जापानमा महिलाले गर्भाधारण गर्नका लागि हाकिमको अनुमति लिनुपर्छ ।

अनुमति नलिइ गर्भाधारण गरेमा उनीहरु अपमानित हुन्छन् । एक कम्पनीकी महिलाले जानकारी नगराई गर्भवती भएको भन्दै अपमानित गरेको खुलासा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् ।

ती महिला गर्भवती बनेपछि कम्पनीका अन्य २२ कर्मचारीलाई इमेल मार्फत वरियताको क्रम भंग गरी गर्भाधारण गर्ने गल्ती नगर्न आदेश दिएको हो ।

साथै यो कम्पनीमा गर्भधारणमा मात्र नभई महिलाले विवाह गर्नु परेमा पनि हाकिमको अनुमति लिनुपर्ने हुन्छ । एजेन्सी

Comments

Back to top