साउदी अरेबियाको रियाद एयरद्वारा करिब १०० वटा बोइङ म्याक्स अर्डर गर्ने तयारी

साउदी अरेबियाको नयाँ एयरलाइन रियाद एयरले करिब १०० वटा बोइङ विमान खरिद गर्ने तयारी गरेको छ।

सो कम्पनीले करिब १०० वटा बोइङको ७३७ म्याक्स जेट अर्डर गर्ने तयारी गरेको गल्फ न्यूजले उल्लेख गरेको छ। सो खरिद प्रक्रियाबारे छलफल भइरहेको र विमानको संख्या भने परिवर्तन हुन सक्ने जनाइएको छ।

क्षेत्रीय प्रतिस्पर्धीहरुसँग लड्दै रियाद एयरले नेटवर्क विस्तारको प्रयास गरिरहेको छ।

साउदी युवराज मोहम्मद बिन सलमानले रियादलाई शक्तिशाली ‘बिजनेस हब’ बनाउने योजना बनाएका छन्। उनले साउदीको अर्थतन्त्रलाई तेलमा मात्रै निर्भर नबनाइ अन्य क्षेत्रको विकासमा पनि ध्यान दिइरहेका छन् । रियाद एयर त्यसैको उपज भएको जनाइएको छ।

रियाद एयर र बोइङले भने यो डिलबारे अहिले केही बताएको छैन।

Comments

Back to top