एक महिनामा प्यालेस्टिनी जीडीपी ४ प्रतिशतले घट्यो
एक महिनाको युद्धपछि इजराइलद्वारा गाजामाथि झन्डै पूर्ण घेराबन्दीले प्यालेस्टिनी अर्थतन्त्र पतनको विनाशकारी एउटा स्पष्ट तस्बिर संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले प्रस्तुत गरेको छ ।
युद्ध शुरु भएको पहिलो महिनामा पश्चिम किनार र गाजामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा चार प्रतिशतले कमी आएको राष्ट्रसङ्घले जनाएको छ । युद्धपछि सिरिया, युक्रेन वा यसअघिका कुनै पनि इजराइल–हमास युद्धमा नदेखिएको आर्थिक असरले चार लाखभन्दा धेरै प्यालेस्टिनी गरिबीमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम तथा पश्चिम एसियाका लागि आर्थिक तथा सामाजिक आयोगले बिहीवार जारी गरेको गाजा युद्धको आर्थिक नतिजाहरूको द्रुत मूल्याङ्कन विशेषतः प्यालेस्टिनीहरूमा द्वन्द्वको विनाशकारी असर देखाउने पहिलो प्रतिवदेन थियो ।
दोस्रो महिनामा पनि युद्ध जारी रहेको अवस्थामा युद्ध शुरु हनुभन्दा अघि २० अर्ब ४० करोड अमेरिकी डलर रहेको प्यालेस्टिनी जीडीपी आठ दशमलव चार प्रतिशतले घटेर एक अर्ब ७० करोड डलरले नोक्सान हुनेछ । त्यसैगरी युद्ध तेस्रो महिनासम्म भयो भने दुई अर्ब ५० करोड डलरको नोक्सानका साथ जीडीपीमा १२ प्रतिशतले कमी आउने र छ लाख ६० हजार नागरिक गरिबीको चपेटामा पर्ने अनुमान गरिएको छ।
Comments