नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा ४०० बढी कर्मचारी

नेपाल विद्युत् प्राधिकरणले झन्डै ४ सय कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ । प्राधिकरणको वेभसाइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ । दरखास्त शुल्क पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।

Comments

Back to top