दिपावलीमा किन लक्ष्मी र गणेशको पूजा सँगै गरिन्छ ?

हिन्दु धर्ममा तिहारमा दिपावली वा लक्ष्मी पूजालाई पनि विशेष महत्व दिइन्छ । यो दिन लक्ष्मीका साथमा भगवान गणेशको पूजा गर्ने गरिन्छ । पूजा त सामन्यत अधिकांशले गर्छन् । तर, लक्ष्मी र गणेशको पूजा किन गरिन्छ भनेर थाहा नभएको हुन सक्छ । जानौँ यसको कारणः

लक्ष्मी पूजाकै दिन माता लक्ष्मी घरमा प्रवेश गर्छिन् भन्ने मान्यता छ । यस दिन धन सम्पत्ति तथा शान्तिका लागि लक्ष्मी र गणेशको पूजा गर्ने गरिन्छ ।

धार्मिक मान्यताका अनुसार कार्तिक मासको कृष्ण पक्षको दिपावलीमा समुद्र मन्थनबाट माता लक्ष्मीको आगमन भएको थियो ।

यस्तो पनि मान्यता छ कि सोहि दिन माता लक्ष्मीको जन्म भएको थियो । किम्वदन्तीका अनुसार लक्ष्मीले विष्णु जीसँग एउटा चर्चाको क्रममा भनेकी थिइन् कि मैले धनधान्य र ऐश्वर्याको वरदान दिन्छु ।

उनले भनिन् “मेरो कृपाले नै मानिसलाई सुखको प्राप्ति हुन्छ । त्यसैले मेरो पूजा सबैभन्दा पहिला गर्नुपर्दछ ।” यो सुनेपछि भगवान विष्णुले लक्ष्मी जीको यो अहंकार तोड्ने निर्णय लिएका थिए ।

यो सबै कुरा सुनेपछि लक्ष्मी निरास भएर आफ्नो व्यथा माता पार्वतीलाई सुनाउन थालिन् । लक्ष्मीको पिडा सुनेपछि माता पार्वतीले गणेशलाई दत्तक पुत्रको रुपमा सुम्पिएको शास्त्रमा उल्लेख छ । त्यसपछि गणेश र लक्ष्मीको सँगै पुजा गर्न थालिएको हो ।

Comments

Back to top