ग्राहकहरुको फोन, कम्प्युटर उचित मूल्यमा मर्मतका लागि टूल र पार्ट्स बनाउँदै एप्पल

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले टूल र पार्ट्स पनि बनाउन थाल्ने भएको छ । अमेरिकामा स्वतन्त्र मर्मत पसल र देशभरका ग्राहकहरुको फोन उचित मूल्यमा मर्मतका लागि पार्ट्स, टूल बनाउनुको साथै सोको लागि आवश्यक अभिलेखीकरण पनि राख्न थाल्ने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले मंगलबार बताएको हो ।

ग्राहकहरुको बिग्रिएको फोन बनाउने अधिकारमा केन्द्रीत भएर राष्ट्रिय आर्थिक परिषद्का निर्देशक लाएल ब्रेनार्डले मंगलबार अबेर ह्वाइट हाउसमा यस्तो बताएका हुन् । देशभरमा सबै ग्राहकलाई यो अधिकार दिलाउन विधेयक पारित गर्न पनि कंग्रेसलाई ब्रेनार्डले आग्रह गरेका छन् ।

बजारमा प्रतिस्पर्धा प्रवद्र्धन गर्न र उपभोक्ताहरुले फोन बनाउँदा तिर्नु पर्ने ‘पत्रु’ शुल्कलगायतमा कडाई गर्ने राष्ट्रपति जो बाइडेनको प्रयासको सो कार्यक्रम पनि एउटा हिस्सा थियो । ट्र्याक्टर होस् या स्मार्टफोन आफूसँग बिग्रेर बसेको सामान बनाउन ग्राहकहरुलाई थप अधिकार दिलाउन यस्तो प्रयास गरिएको हो ।

क्यालिफोनिर्या, कोलोराडो, न्यूयोर्क र मिनिएसोटाले यस अघि नै बिग्रिएको सामान बनाउन पाउने कानून पारित गरिसकेका छन् । अन्य ३० राज्यहरुले पनि यस्तै खालको विधेयक ल्याएका छन् । यो कानूनले कम्पनीहरुलाई आफूले बनाएको उत्पादन बिग्रिएपछि बनाउन आवश्यक पर्ने पार्ट्स, टूल बनाउन र अभिलेखीकरण राख्न बाध्य पारेको छ ।

 

Comments

Back to top