अन्तर्राष्ट्रिय बजारमा लगातर बढ्दै कच्चा तेलको भाउ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातर बढिरहेको छ । सोमबार साँझसम्म ‘ब्रेन्ट क्रुड’को मूल्य प्रतिब्यारेल शून्य दशमलव नौ प्रतिशतले बढेर ९४ दशमलव आठ डलर पुगेको थियो । गतसाता बिहीबारदेखि नै कच्चा तेलको भाउ बढेको छ ।

यस्तै, अमेरिकी बेन्चमार्क ‘वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुड’ पनि प्रति ब्यारेल शून्य दशमलव आठ प्रतिशतले बढेर ९१ दशमलव पाँच डलरमा पुगेको छ । एक साताअघिदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको कारोबार सन् २०२३ कै उच्च विन्दुमा भइरहेको छ ।

साउदी अरेबिया र रुसले यो वर्षभर तेल उत्पादन कटौती गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो । विश्लेषकहरुले कच्चा तेलको भाउ छिट्टै प्रतिब्यारेल एक सय अमेरिकी डलर पुग्ने बताएका छन् । जुन महिनायता मात्रै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ करिब ३० प्रतिशतले बढेको छ ।

तेलको भाउ बढेपछि विश्वभर मुद्रास्फीतिमा दबाब पर्न थालेको देखिएको छ । गतवर्षदेखि युरोपको अर्थतन्त्र बिँग्रदै गएकोे छ ।

Comments

Back to top