कर्मसियल गाडीहरुको मूल्य बढाउने टाटा मोटर्सको घोषणा

भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले सोमबार आफ्ना कर्मसियल गाडीहरुको मूल्य बढाउने घोषणा गरेको छ । कम्पनीले १ अक्टोबरबाट लागू हुने गरि आफ्ना कर्मसियल गाडीहरुको मूल्य बढ्ने भएको हो ।

टाटाकाअनुसार कर्मसियल गाडीहरुमा फरक फरक मोडल र भेरियन्टका गाडीहरुको मूल्य औसतमा ३ प्रतिशतले बढ्ने निर्णय भएको छ ।

कम्पनीले गाडी बनाउँदा लाग्ने मूल्य बढ्दै गएका कारण आफूहरुले पनि उपभोक्तालाई गाडीहरु केही महंगो बनाउनु परेको बताएको छ ।

Comments

Back to top