काठमाडौँ महानगरपालिकाद्वारा टिपटप मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए । महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश समेत दिएको छ ।

Comments

Back to top