बाथरूममा सबैभन्दा बढि हर्टअट्याक किन हुने गर्छ ? यस्तो छ कारण !

मानिसको लागि अहिले हर्टअट्याक गम्भीर समस्या बन्दै आएको छ । हर्टअट्याक अचानक हुन्छ तर यो खराब लाइफ स्टाइल र खानपानको कारण हुने गर्दछ। विज्ञानको आधारमा हेर्दा हर्टअट्याकको सम्बन्ध हाम्रो रगतमा हुन्छ। रगत मार्फत हाम्रो शरीरमा अक्सीजन र जरूरी पोषक तत्व पुग्छ।

तर जब तपाईको हृदयसम्म अक्सीजन पुग्ने धमनिमा प्लाक जमेको कारण रुकावट पैदा हुन्छ, यस कारण मुटु धड्किने रफ्तार असन्तुलित हुन्छ। र यसबाट नै हामीलाई हर्टअट्याक आउने गर्छ । बाथरूममा हर्टअट्याक हुनुको धेरै कारण रहेको छ, यदि तपाईले यस बारेमा जानकारी पाउनुभयो भने आफु र आफ्नो परिवारलाई यसबाट सुरक्षित राख्न सक्नुहुन्छ।

यस्तो छ कारण-

१. बिहानको समयमा हाम्रो ब्लड प्रेशर धेरै हुन्छ। यस्तैमा हामी जब नुहाउनको लागी अधिक चिसो वा तातो पानी टाउकोमा हाल्छौ तब यसले ब्लड प्रेशर प्रभावित हुन्छ। यसैकारण हर्टअट्याकको जोखिम बढि हुन्छ ।

२. बिहानको समयमा जब हामी शौचालय जान्छौ तब हामी पेट पुरै तरिकाले सफा राख्नको लागि प्रेशर लगाउछौँ। अधिक प्रेशर लगाउदा हाम्रो मुटुमा अधिक दवाब बन्छ जसका कारण हर्टअट्याक आउन सक्छ ।

३. बाथरुमको तापमान घरको अरु ठाउँभन्दा निकै चिसो हुन्छ। यस्तो स्थितिमा शरीरको तापमानलाई सन्तुलित गर्न र रगत प्रवाह गर्नलाई अधिक कार्य गर्नुपर्छ। यसकारण हर्टअट्याक आउन सक्छ।

Comments

Back to top