हाथवे इन्भेष्टमेन्टको आइपीओ भोलि बाँडफाँड हुँदै

सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा नै बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ भोलि मंगलबार असोज २ गते बाँडफाँड हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा आईपीओ बाँडफाँड गरिने भएको हो । आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ ।

कम्पनीको आईपीओमा १२ लाख भन्दा बढीको हात खाली हुने भएको छ । अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा माग भन्दा झण्डै १२.८७ गुणा बढी आवेदन परेका थिए । कम्पनीको आईपीओमा ३ करोड १२ लाख ५६ हजार ९२० भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख २१ हजार ३८७ जनाले २०।२० कित्ता दरले आइपीओ प्राप्त गर्नछन् । सोहि मध्यका पाँच जनाले भने २१ कित्ता सेयर हात पार्नेछन् ।

Comments

Back to top