मिड सोलु हाइड्रोपावरको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

मिड सोलु हाइड्रोपावरको आईपीओमा आइतबारसम्म ७ लाख ९८ हजार ९९६ आवेदकले ९० लाख ६७ हजार ६७० कित्ता शेयरका लागि ९० करोड ६७ लाख ६७ हजार रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बरारको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

 

Comments

Back to top