तौल घटाउनका लागि कसरी पिउने कफी ?

कफीले शरीरलाई ऊर्जावान राख्छ र मेटाबोलिजम दरलाई तेज गर्न मद्दत गर्छ । कफीमा भएको पोटासियम, म्याग्नेसियम, फाइबर र एन्टिअक्सिडेन्ट्सले तौल घटाउनुका साथै मेटाबोलिजमलाई पनि बढाउँछ ।

कफी पिउँदा पेट लामो समयसम्म भरिएको महसुस हुन्छ त्यसैले पनि तपाईंलाई केही जस्तो हुँदैन । तौल कम गर्नका लागि दूध हालेर नभई चार प्रकारको कफी बनाएर पिउन सक्नुहुन्छ । 

दालचिनी हालेको कफी

तौल कम गर्नका लागि ब्ल्याक कफीमा दालचिनी हालेर पिउन सक्नुहुन्छ । दालचिनीमा भएको एन्टिअक्सिडेन्टले मेटाबोलिजमलाई बढाउँछ र तौल कम गर्न मद्दत गर्छ । यो कफी पिउँदा लामो समयसम्म भोक लाग्दैन र प्रतिरोधी क्षमता पनि बलियो हुन्छ ।

कागती हालेको कफी

तौल कम गर्नका लागि कागती मिसाएको कफी एक उत्कृष्ट विकल्प हो । यो कफीले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्नुका साथै शरीरको प्रतिरोधी क्षमता बढाउँछ । यो कफीमा पाइने तत्त्व क्याफिन, सिट्रिक एसिड र भिटामिन सीले तौल घटाउन मद्दत गर्छ । यो कफीले मेटाबोलिजमलाई पनि बढाउँछ । यो कफी बनाउनका लागि १ कप कफीमा आधा चम्चा कागतीको रसलाई कपमा हाल्नुहोस् । यति गरेपछि तपाईंको कागती कफी तयार हुन्छ ।

ब्ल्याक कफी

तौल कम गर्नका लागि ब्ल्याक कफी पिउन सकिन्छ । ब्ल्याक कफी पिउँदा मेटाबोलिक रेट तेज हुन्छ । त्यसैले तौल घट्छ र पेटको बोसो पनि कम हुन्छ । ब्ल्याक कफीले तपाईंलाई ऊर्जावान राख्छ र शरीरलाई स्वस्थ पनि राख्छ । यसको स्वाद बढाउनका लागि यसमा एक चुट्की जाइफलको पाउडर पनि मिसाउन सक्नुहुन्छ ।

डार्क चकलेट कफी

तौल कम गर्न चाहने धेरै मानिस यस्तो कफी पिउन डराउँछन् । तर, मोनोअनस्याचुरेटेड फ्याटी एसिडले मेटाबोलिजमलाई तेज बनाउँछ । त्यसैले तौल तीव्र रूपमा घट्छ । यस्तो कफी पिउँदा लामो समयसम्म भोक लाग्दैन । त्यसैले तौल कम हुन्छ ।

तौल कम गर्नका लागि तपाईंले यी कफी पिउन सक्नुहुन्छ । तर यदि तपाईंलाई कुनै रोग वा एलर्जीको समस्या छ भने यो खानुभन्दा अघि डाक्टरको सल्लाह लिनुहोस् ।

Comments

Back to top