कनेक्ट आईपीएसमा ‘रिफर अ फ्रेन्ड’ अफर

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन् । उक्त अफरअन्तर्गत भदौ १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफररले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ। रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिस्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरेपश्चात रिफररले २५ रुपैयाँ आफ्नो बैंक खातामा र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछ ।

रिफरीको लिंक गरिएको खाता भेरिफाई भएपश्चात मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधिभित्र खाता भेरिफाई गराई सक्नुपर्ने हुन्छ।

 

Comments

Back to top