नेप्सेमा सामान्य करेक्सन, घट्यो कारोबार रकम पनि!

सोमबार नेप्से सामान्य अंकले ओरालो लागेको छ। आज नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ विन्दुमा झरेको छ।

कुल ५४ लाख १७ हजार ९२८ कित्ता सेयर २ अर्ब ९ करोड १३ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७९ कम्पनीमध्ये ६८ कम्पनी उकालो लागेका छन्, १४५ कम्पनी ओरालो लागेका छन् भने ११ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ५ उप-समुहहरुको सेयर मूल्य उकालो लागेको छ भने ८ समूहको मूल्य ओरालो लागेको छ ।

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको ९.९८ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ प्रमियर इन्स्योरेन्स  लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.४६ % ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन आईएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ११ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भयो। आज सबैभन्दा धेरै भोल्यूममा माछापुच्छ्रे बैँकको कारोबार भएको छ।

Comments

Back to top