काठमाडौँ महानगरपालिकाले खुलायो अर्थशास्त्री र ईन्जिनियरसहित १९ विज्ञ कर्मचारीका लागि आवेदन
काठमाडौँ महानगरपालिकाले १९ जना विषय विज्ञ कर्मचारीका लागि आवेदन खुला गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै महानगरले विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र निवेदन पेस गर्न अनुरोध गरेको छ।
महानगरले वातावरण विज्ञ, फोहोर मैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञ वन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको छ । मानवशास्त्री, समाजशास्त्री, पुरातत्वशास्त्री, अर्थशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्री र भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियरका लागि आवेदन आह्वान गरे छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको तथा सम्बन्धित विषयमा कम्तीमा १० वर्ष काम गरी वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यमा कम्तीमा ३ वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको वा माथि उल्लिखित विषयमा १० वर्षभन्दा बढी अध्यापन तथा अनुसन्धान गरेको हुनुपर्ने जनाइएको छ ।
Comments