आइएसले लियो ५४ जनाको ज्यान जाने पाकिस्तानको आत्मघाती हमलाको जिम्मेवारी
इस्लामिक स्टेट समूहले पाकिस्तानको बाजौर आत्मघाती विस्फोटको जिम्मेवारी लिएको छ ।
सोमबार भएको सो आत्माघाती हमलामा अहिलेसम्म २३ बालबालिकासहित ५४ जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाइते भएका छन् ।
अलजजिराका अनुसार इस्लामिक स्टेट (आईएसआईएले) का एक आत्मघाती आक्रमणकारीले खार शहरमा भीडको बीचमा आफ्नो विस्फोटक भेस्ट विस्फोट गराएको छ, सशस्त्र समूहको समाचार शाखा अमाकले एक विज्ञप्तिमा भनेको छ ।
सो घटना घटिरहेको बेला पाकिस्तानको पुलिसले आतंकवाद र हत्याको आरोपमा अज्ञात संदिग्धहरू विरुद्ध एफआईआर दर्ता गरेर आक्रमणको लागि जिम्मेवार इस्लामिक स्टेट आतंककारीहरूलाई पक्राउ गर्न प्रयासहरू बढाएको छ। यस सम्बन्धमा ५४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले सोमबार जानकारी दिएको छ ।
Comments