काठमाडौं उपत्यकासहित बागमती प्रदेशभर घट्यो गाडी भाडा

बागमती प्रदेशसमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो । 

लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य प्रणाली लागू गरेसँगै इन्धनको भाउ घटेपछि मन्त्रालयले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । 

Comments

Back to top