तालिवानको महिला दमनको अर्को निर्णय, अफगानिस्तानका हजारौं सैलुन बन्द

तालिवान अधिकारीहरूले महिलाका लागि उपलब्ध हुने केही आय स्रोतमध्ये एक मानिएको ब्यूटी पार्लरलाई कटौती गर्ने आदेश दिएपछि अफगानिस्तानका हजारौं ब्यूटी पार्लरहरू मङ्गलबारदेखि स्थायी रूपमा बन्द भएका छन् ।

सन् २०२१ को अगष्टमा सत्ता कब्जा गरेयता तालिबान सरकारले बालिका र महिलालाई उच्च विद्यालय र विश्वविद्यालयमा प्रवेशमा रोक लगाएको छ। 

उनीहरूलाई पार्क, फनफेयर र जिममा प्रतिबन्ध लगाएको छ र सार्वजनिक स्थानमा बुर्का लगाई अनुहार ढाकछोप गर्न आदेश दिएको छ।

तर गत महिना जारी गरिएको एक आदेशले प्रायः घरपरिवारको लागि आयको एक मात्र स्रोत र उनीहरूका लागि घरबाट टाढा भेला हुने केही बाँकी स्थानहरू मध्ये एक सैलुनमाथिको प्रतिवन्धले महिलाहरूले देशव्यापी रूपमा सञ्चालन गरेका हजारौं सैलुनहरू बन्द गर्न बाध्य पारेको छ ।

गत साता सुरक्षा अधिकारीहरूले उक्त आदेशको विरोधमा प्रदर्शन गरिरहेका दर्जनौं महिलालाई तितरबितर पार्न हवाई फायरको प्रयोग गरेका थिए ।

मङ्गलबार समाचार तयार पार्दासम्म काबुलका धेरै सैलुन बन्द भइसकेका थिए भने प्रतिवन्धको समय आउनुभन्दा केही अघिको अन्तिम क्षणसम्म खुला रहेका थिए ।

तालिवान सरकारको नेतृत्वमा रहेको सरकार (मन्त्रालय)ले मेकओभरका लागि खर्च गरिएको अचाक्ली रकमले गरिब परिवारलाई कठिनाइ भएको र सैलुनमा गरिने केही उपचार गैरइस्लामिक भएको दाबी गरेको छ । धेरै मेकअपले महिलाहरूलाई प्रार्थनाका लागि उचित स्नान गर्नबाट रोक्छ भने आँखाको मेकअप र जथाभावी कपाल बाट्न पनि निषेध गरिएको छ । 

 

 

Comments

Back to top