सेनेगलमा डुङ्गा डुब्दा सोह्र जनाको मृत्यु

सेनेगलको राजधानी समीपको समुद्रमा डुङ्गा पल्टिँदा १६ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम अफ्रिकाबाट स्पेनको क्यानरी टापुहुँदै युरोप प्रवेश गर्न चाहने आप्रवासीहरू चढेको डुङ्गा डुबेको प्रारम्भिक अनुमान गरिएको डकारका उपप्रमुख साम्बा कान्दजीले बताएका छन् ।

यसैबीच, इन्डोनेसियाको सुलावेसी टापुको तटमा सोमबार काठको डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको खोजी तथा उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीको स्थानीय कार्यालयले मध्यरातमा ४८ जना सवार उक्त डुङ्गा डुबेको जनाएको छ । डुबेका छ जना यात्रीलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको उनीहरूले बताएका छन् । डुङ्गा डुब्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

दक्षिणपूर्वी सुलावेसीको केन्डारी सहरको स्थानीय खोज र उद्धार कार्यालयका प्रमुख मुहम्मद अराफाहीका अनुसार मुना टापुको सेन्ट्रल बुटोन रिजेन्सीको लान्टो र लागिली गाउँहरू बीचको खाडी पार गरिरहेका बेला दुर्घटना भएको हो ।

Comments

Back to top