यमन युद्ध अन्त्यका लागि मध्यस्थता गर्ने इराकको प्रस्ताव

इराकले यमनमा वर्षौंदेखि चलेको युद्ध अन्त्यका लागि युद्धरत पक्षबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको इराकका उच्च कूटनीतिज्ञले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । 

इराकका विदेशमन्त्री फौद हुसेनले यमनका आफ्ना समकक्षीको भ्रमणका क्रममा उक्त प्रस्ताव अघि सारेका हुन् । 

इरान समर्थित हुथी विद्रोहीले सन् २०१४ मा राजधानी सानाकब्जा गरेका थिए भने अर्को वर्ष साउदी नेतृत्वको सैन्य गठबन्धनले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको पक्षमा हस्तक्षेप गरेको थियो । 

संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा खराब मानवीय सङ्कटको संज्ञा दिएको छ, जसमा खाद्यान्नको अभावजस्ता युद्ध वा अप्रत्यक्ष कारणले लाखौं मानिसको ज्यान गइसकेको छ । 

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा छ महिना लामो युद्धविराम गत वर्षको अक्टोबरमा सकिएको थियो ।

बग्दादले क्षेत्रीय मध्यस्थकर्ताको रूपमा आफ्नो भूमिकालाई निरन्तर उजागर गर्ने प्रयास गर्दै आएको छ र अप्रिल २०२१ देखि क्षेत्रीय प्रतिद्वन्द्वीहरू इरान र साउदी अरबबीच अपेक्षाकृत निम्न–स्तरीय वार्ताको धेरै चरणहरू आयोजना गरेको छ । 

 

Comments

Back to top