युक्रेनद्धारा रुसको रेल स्टेशनलगायतमा ड्रोन आक्रामण
युक्रेनले रुसी सहरमा ड्रोन आक्रमण गरेको छ ।
सो आक्रमणबाट युक्रेनले रूसी गोला बारुद डिपोलाई विस्फोट गराएको थियो, जसले क्षेत्रमा अराजकता पैदा गरेको छ ।
यसअघि रुसले युक्रेनको विभिन्न क्षेत्रमा गोली हानाहान गरेको थियो । रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको थियो । जवाफमा युक्रेनले ड्रोन आक्रामण गरेको हो ।
विदेशी सञ्चारमाध्यमका अनुसार युक्रेनी ड्रोनले क्रिमियाको ओक्ट्याब्रस्की सहरको रेलवे स्टेशन नजिकै ड्रोन हमला गरेको थियो। जसका कारण पुरै आकाश कालो धुवाँले ढाकेको थियो ।
क्राइमियाका प्रमुख सर्गेई अक्स्योनोभले शनिबार ड्रोनले हतियार भण्डारण केन्द्रमा आक्रमण गरेको बताए। आक्रमणले ५ किलोमिटरको दायरा भित्र रहेका सबैलाई बाहिर निकालेको थियो। रेलवे स्टेशन नजिकै आक्रमण भएको हुनाले यसका कारण धेरै रेलहरू पनि अवरुद्ध हुन पुगेका छन । यद्यपी अहिलेसम्म कसैको हताहतीको जानकारी आएको छैन ।
साथै, खार्किभको वेलिकी बुर्लुकमा एक ३० वर्षीय पुरुष घाइते भएका छन्। खार्किभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनिहुबोभले युक्रेनी लडाकुहरू कुप्यान्स्क वरपरको क्षेत्रमा दृढतापूर्वक प्रवेश गरेको बताए।
Comments