उडिसामा रेल दुर्घटनामा २३३ जनाको मत्युः राज्यमा शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित

ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २०० भन्दा बढीको मृत्यु भईसकेको छ ।

सोही क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ । कोरोमण्डल एक्सप्रेसका धेरै कोचहरू पटरीबाट खसेका थिए, त्यसपछि विपरीत लाइनबाट आउँदै गरेको अर्को रेलसँग ठोक्कियो।

जसका कारण यो दर्दनाक दुर्घटना भएको हो । ओडिशा रेल दुर्घटनाको छानबिन गर्न आदेश दिइएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।

ओडिशाका मुख्य सचिवका अनुसार हालसम्म २ सय ३३ जनाको मृत्यु भएको प्रमाणित भएको छ । सोही क्रममा रेल दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि गोपालपुर, कान्तपाडा, बालासोर, भद्रक र सोरोका अस्पतालमा भर्ना गरिएको छ । जानकारी अनुसार राहत तथा उद्धार कार्य जारी रहेको छ ।

पटरीबाट खसेको डिब्बामा कैयौं यात्रु फसेका थिए भने स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धार गर्न सहयोग गरिरहेका थिए तर अन्धकारले काममा बाधा पुगेको थियो ।

Comments

Back to top