प्रभु इन्स्याेरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

प्रभु इन्स्याेरेन्सले ६.७० प्रतिशत  बोनस सेयर सम्बन्धित् सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । 

कम्पनीले ११ फागुनसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । ११ फागुनपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको गत २३ फागुनमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ६.७० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

Comments

Back to top