भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड इन्दोरमा, मध्यप्रदेशका गभर्नरसँग भेटवार्ता हुने

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुगेका छन् ।

प्रचण्डको भ्रमणलाई केन्द्रित गरेर सहरको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको छ । इन्दौर विमानस्थलदेखि विजयनगरसम्मको सडक खाली गराएर प्रधानमन्त्री प्रचण्डको सवारी चलाइएको छ । प्रधानमन्त्री प्रचण्डको सुरक्षा व्यवस्थामा उज्जैनमा ७ सय भन्दा बढी प्रहरी तैनाथ गरिएको छ ।

विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन् ।

भ्रमणका क्रममा उनले आजै मध्यप्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उनले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन् । आजै प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

Comments

Back to top