लाल्टिन साप्ताहिक समिक्षा: ठुला ब्रोकरको आकर्षणमा शिवम् सिमेन्ट

निरन्तर घट्दो ट्रेन्डमा रहेको नेप्सेमा पछिल्ल्लो दुइ साता नै बढेर बन्द भएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १८७८.६८  को बिन्दुमा खुलेको नेप्से ८१.८० (४.३६ प्रतिशत)ले बढ्दा साताको अन्तिम कारोबार दिन बुधवार सूचक १९५९.१२ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। 
नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा थोरै तल नै रहेको छ। एमएसिडि लाईन यस साता -४६.४३ बाट बढेर -३९.४० मा आएको छ र हिस्टोग्राम यो साता बढेर -११.३३  बाट -३.४४मा पुगेको छ जसले बजारमा बिक्रि चाप घटेको देखिन्छ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर -३५.९६ मा आएको छ। +१४ डिएमआई लाईन अहिले २३.०९ मा रहेको छ भने  -१४ डिएमआई लाईन २२.९० मा रहेको छ। जसले बजार बुलिश भएको संकेत गर्दछ।  ए.डी.एक्स १३.३५ मा रेहको छ जसले अहिले सम्मको ट्रेन्डको स्ट्रेन्थ निकै कम भएको जनाउछ। आरएसआइ ४२.३६ बाट बढेर ४९.६६ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी बढ्न थालेको देखिन्छ ।
बजारमा अर्को सपोर्ट बोलिंगेरको लोवर ब्याण्ड करिब १८६६ को एरियामा देखिन्छ भने अबको प्रतिरोध बोलिङ्गेरको मिडल ब्याण्ड २०००-१९८० मा रहने छ। 
एडीएक्स २० भन्दा मुनि रहेसम्म बजारमा कुनै पनि ट्रेन्डको स्ट्रेन्थ नरहेको बुझ्न सकिन्छ। 

Comments

Back to top