समिट लघुवित्तको चौधौँ वार्षिक साधारणसभा स्थगित

समिट लघुवित्त वित्तीय संस्थाको चौधौँ वार्षिक साधारणसभा स्थगित भएको छ । समिटले शुक्रबार एक सूचना जारी गर्दै विशेष कारणबस साधारण सभा स्थगित गरेको जनाएको छ ।

कम्पनीले साधारणसभा लागि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको बताएको हो । सभा स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।यसअघि लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको थियो । सभामा गत वर्षको नाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभा प्रयोजनका लागि जेठ १८ गते बुक क्लोजको मिति तय गरेको थियो । 

Comments

Back to top