क्यानाडा र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना

क्यानाडा र साउदी अरेबियाले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । 

दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ । 

क्यानाडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानाडाको विदेश मन्त्रालयद्वारा बिहीबार जारी एक विज्ञप्तिमा जानकारी गराइएको छ । 

सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानाडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबीचको विवाद बढेको थियो । 

Comments

Back to top